June 24, 2017

बिम्स्टेक विशेष बैठक काठमाडौंमा

२५ माघ, काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग बिम्स्टेकको विदेश सचिवस्तरीय बैठकले विदेश मन्त्रीस्तरीय बैठक आगामी जुनमा काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

बैठकपछि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आगामी मार्चमा ऊर्जामन्त्रीस्तरीय र जुनमा विदेशमन्त्रीस्तरीय बैठक गर्ने निर्णय गरेको बताएका छन् ।

परराष्ट्रसचिव बैरागीले आगामी जुन ६ तारिखमा बिम्स्टेक गठन भएको २० वर्ष पुग्ने भएकोले त्यसलाई विशेष किसिमले मनाउन प्रत्येक राष्ट्रका दुई/दुईजना विशेषज्ञ गरी १४ सदस्यीय प्रबुद्ध समूहको गठन गरिने जानकारी दिएका छन् ।

उनले भारतको गोवामा भएको बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखहरुले पारित गरेको १६ बुँदे एजेन्डा कायर्नन्वयनका लागि समूह बनाउने सहमति भएको बताए ।