November 17, 2017

बोनस ऐन र संघीय आकस्मिक कोष विधेयक संसदबाट अनुमोदन

२३ माघ, काठमाण्डौ । बोनस ऐन र संघीय आकस्मिक कोष विधेयक दफावार छलफलका लागि संसदबाट अनुमोदन भएको छ ।

व्यवस्थापिका संसद्को आईतबारको बैठकले दुई आर्थिक विधेयकलाई दफावार छलफलका लागि अर्थ समितिमा पठाएको हो । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बोनस ऐन संशोधन विधेयक र संघीय आकस्मिक कोष विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाउन प्रस्ताव गरेका छन् ।

यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक पनि पारित भएको छ । वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले छलफलका लागि प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा निर्वाचन आयोग विधेयक र मतदाता नामावली विधेयक प्रमाणीकरणबारे जानकारी गराइएको छ ।