July 26, 2017

वैशाख, जेठ भित्रै निर्वाचन हुन्छ–प्रधानमन्त्री

विशाल कोइराला

२६ माघ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख, जेठ भित्रै निर्वाचन हुने दावी गरेका छन् ।

प्रेस सेन्टर चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्याविनेटले निर्णय गरेर निर्वाचन आयोगलाई जेठ भित्रै निर्वाचन सम्पन्न गरिसक्ने गरी तयारी गर्नु भनिसकेपछि मिति तोक्नु बराबर भएको बताए ।

मधेसी मार्चालाई पनि सामेल गराएर निर्वाचन गराउनुपर्ने भएकाले मिति नतोकिएको उनको भनाई छ । मधेसी मोर्चासँग वार्ता चलिरहेको बताउंदैं उनले मोर्चा सँगको सहमतिपछि कुनैपनि वेला मिति तोक्ने बताए ।

एमालेलाई अनेक खालका कुरा गर्नुभन्दा निर्वाचनका लागि सरकारलाई सहयोग गर्न दाहालले आग्रह समेत गरेका छन् ।