August 22, 2017

सरकार नै चुनाव गर्न आलटाल गरिरहेको छ–प्रकाशमान सिंह

२३ माघ, काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिबद्धता सहित बनेको सरकार नै चुनाव गर्न आलटाल गरिरहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा इकाइ समितिले आयोजना गरेको कार्यक्रमा नेता सिंहले सरकारको आलटालबाट आशंका बढेको बताएका छन् ।

तह र निकायको चुनाव कुन चाहिँ गर्ने भन्ने अन्योल देखाएर चुनावबाट सरकार पछि हट्न खोजेको उनको आरोप छ । उनले हर हालतमा तत्काल चुनावको मिति घोषणा गर्नपर्नेमा जोड दिएका छन् ।
नेता सिंहले चुनावी तयारीमा जुट्न समेत कायकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।