July 26, 2017

श्रीमानको कुटापिटबाट श्रीमती मृत्यु

२२ माघ, कैलाली । कैलालीको धनगढी उपमहानगरपलिका–२ सौराहमा डेरा गरी बस्ने पर्शुराम भण्डारीको कुटपिटबाट उनको ३० बर्षीया श्रीमती लक्ष्मी भण्डारीको मृत्यु भएको छ ।

पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा लक्ष्मी घाइते भएकी थिइन । भण्डारीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।