October 23, 2017

आर्थिक विकासले गति लिदा मात्रै राजनीतिक स्थायित्व कायम हुने प्रधानमन्त्रीको भनाई

काठमाण्डौ ३ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाललले आर्थिक विकासले गति लिदा मात्रै राजनीतिक स्थायित्व कायम हुने बताएका छन ।

काठमाडौको भृकुटीमण्डपमा आजबाट सुरु अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक समृद्धिको नयाँ प्रकृया थालनी गर्नुपर्ने अवस्था आएको बताए । सरकार विश्वास र दृढताकासाथ सकारात्मक व्यवसायीक वातावण बनाउन लागिपरेको उनको भनाइ थियो । त्यसका लागि नीजि क्षेत्रलाई पनि संगसंगै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सरकार आर्थिक विकासका लागि सचेत रहेको र व्यवसायीक ऐनकानुन तर्जुमालाई तीव्रता दिएको उनले बताए । मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले समृद्ध मुलुक निर्माणका लागि नेपालमा थुप्रै अवसरहरु रहेको र त्यसको सदुपयोग गर्ने बेला आएको धारणा राखे।

मेलाले अन्तर्राष्ट्रिय मुलुकसंग व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने उनको भनाइ थियो । मेलामा चीनका ८५, भारतका १०, पाकिस्तानका २०, बंगलादेशका ५०, थाइल्यान्डका दुईवटा स्टल रहेका छन् । मेलामा ३५ वटा स्टलमार्फत नेपाली जडीबुटीका उत्पादनहरू प्रदर्शनमा राखिएको छ । मेला ७ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।