August 20, 2017

सरकारले चुनाव नगराए, हामी सरकार ढाल्दीन्छौ

            केपी शर्मा ओली

 

२२ माघ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकारले चुनाव नगराए एमालेले सरकार ढालिदिने चेतावनी दिएका छन् ।

सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले बताए ।

एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने ‘सरकारले चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट आउने छ हामी त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।

ओलीले स्पष्ट शब्दमा भने सरकारले चुनाव टार्ने स्थिति आएमा एमालेले सरकार ढाल्ने र आफ्नो नेतृत्वमा चुनावको बताएका छन् ।

उनले कुनै पनि हालतमा एमाले चुनाव गराएरै छाडने दाबी गरे । ‘एमाले यो मुलुकमा निर्वाचन गराएरै छाड्छ, त्यो कुरा सरकारले बुझे हुन्थ्यो, बझ्दैन भने हामी बुझाएर छाड्छौं ।’

नेकपा एमाले कुनै पनि कुराको इच्छामात्रै गरेर बस्ने पार्टी होइन, एमाले गरेर देखाउने पार्टी हो ।