August 19, 2017

नेपाल सांस्कृतिक संघको केन्द्रीय अधिवेशन काठमाडौमा सुरु

 

२१ माघ, काठमाण्डौ । समृद्धिका लागि हाम्रो अभियान, सम्मान, सुरक्षा र पहिचान भन्ने नाराका साथ नेपाल सांस्कृतिक संघको दोस्रो केन्द्रीय महाधिवेशन शुक्रबारबाट काठमाडौमा सुरु भएको छ ।

महाधिवेशन द्घाघाटन कार्यक्रममा काग्रेस सभापति शेर बहादुर देउवाले सबै निर्वाचन गर्दे मुलुकलाई निकास दिनका लागि सबै एक हुनुपर्ने धारणा राखेका छन् । त्यस्तै काग्रेस बरिष्ट नेता रामचन्द्र पौडेलले स्थानिय निकाय लगाएत अन्य दुई निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा काग्रेस नेता प्रकाशमान सिंहले संबिधान कार्यान्वयन गराउनका लागि तीनै निर्वाचन अपरिहार्य रहेको भन्दै निर्वाचन गर्न संबिधानको कुनै धाराले नरोक्ने स्पष्ट पारेको छन् ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको सङ्घको महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले ४ वर्षका लागि सभापति, दुई महामन्त्री, एक कोषाध्यक्षसहित ५० जनाको केन्द्रीय कार्यसमिति निवार्चित गर्ने संघले जनाएको छ ।