August 23, 2017

सरकार निर्वाचन गर्न छोडेर अन्यत्र छलकपटमा केन्द्रित भएको छ–ओली

२१ माघ, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्नुहुदैन उनले एमाले कुनै पनि हालतमा निर्वाचन पर धकेल्ने गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए । सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो ।

कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको समेत बताए ।