Main News

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: नेतृत्वभन्दा नीतिमा जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २ गते २१:०६
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: नेतृत्वभन्दा नीतिमा जोड (भिडियो रिपोर्टसहित)

२ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्र यति बेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । वडादेखि प्रदेशसम्मको सम्मेलन सकेको माओवादी राष्टिय सम्मेलनमा जुटेको हो ।

सम्मेलनमा नेतृत्वमा भन्दा पनि पार्टी अध्यक्ष प्रचण्डले ल्याउन लागेको राजनीतिक दस्तावेजमा बहसमा केन्द्रित हुने देखिएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको महाधिवशेनपछि अब नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा जुटेको छ । माओवादीले पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्मेलन गर्दैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड सम्मेलनको लागि दस्तावेज लेखनमा व्यस्त हुनुहुन्छ । दस्तावेजमा पार्टी संगठनदेखि देश निर्माणका लागि माओवादीको अबको नीति कस्तो हुने भन्नेमा बढी केन्द्रितत हुने बताइएको छ ।

एमाले, कांग्रेसले नेतृत्व चयनका लागि महाधिवेशन गरेपनि माओावादीले भने नेतृत्व भन्दा पनि नीतिलाई जोड दिएर सम्मेलन गर्ने तयारी गरेको छ । देशभरका १५ सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रचण्डले ल्याउने दस्तावेज र विधान संशोधनको विषय सम्मेलनमा पेश हुनेछ ।

वडा तहदेखि प्रदेशसम्मको नेतृत्व चयन गरेसंगै माओवादी आगामी सम्मेलनमा केन्द्रित भएको हो । सम्मेलनका लागि प्रदेशबाट ८ सय प्रतिनिधि, आयोजक केन्द्रीय समितिबाट २ सय जना, सहल्लाकार समितिबाट १४९, जेष्ठ कम्युनिष्ठ मञ्चबाट १ सय २५ जनागरी विभिन्न संगठनको प्रतिनिधित्व गर्दै १५ सय प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले पार्टीको आगामी दिशा निर्देश गर्नेछ ।

अन्य राजनीतिक दलहरुले महाधिवेशबाट नेतृत्व चयन गरिसकेको अवस्थामा माओवादीले भने विशुद्ध विचार केन्द्रित हुने गरी राष्ट्रिय सम्मेलन गर्ने बताइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *