Main News

पाठेघरको मुखमा हुने क्यान्सर, चीनबाट आइपुग्यो २० हजार भायल खोप (भिडियो रिपोर्टसहित)

२०८० असार २० गते २०:३५
पाठेघरको मुखमा हुने क्यान्सर, चीनबाट आइपुग्यो २० हजार भायल खोप (भिडियो रिपोर्टसहित)

२० असार २०८० काठमाडौं । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको गोल्बोक्यानका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन करिब ६ जना महिला मृत्यु हुने गरेको छ ।

संसारभर वर्षेनी ३ लाख महिला पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठनको तथ्याकं छ । समयमै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सकियो भने यो क्यान्सरबाट जोगिन सकिन्छ । यसैलाई ध्यानमा राख्दै सरकारले पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप नेपाल ल्याएको छ ।

मंगलबार नेपालमा २० हजार भायल पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुगेको छ। चीनबाट ल्याइएको सिकोलिन एचपीभी भाइरस विरुद्धको खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने अध्ययनहरुले देखाएका छन् । यो खोप क(कस्लाई लगाइन्छ त ?

पाठेघरको मुखको क्यान्सरको जोखिम हुने मुख्य कारण भनेको ह्युमनपापिलोमा भाइरसको संक्रमण हो । उमेर नपुगी विवाह गर्ने, उमेर नपुगी बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने लगायतका कारण यो संक्रमण हुन सक्छ । यौन सम्पर्कमा आएपछि यो भाइरस सक्रिय हुने हुँदा किशोरावस्थामै एचपीभी विरुद्धको खोप लगाउनु प्रभावकारी मानिएको छ । के यो खोप सबै किशोरीहरुलाई लगाउने तयारी छ ?

हाल ल्याइएको खोप २० हजार भायल खोप १० हजार किशोरीलाई लगाउन पुग्नेछ । एक व्यक्तिलाई दुई मात्रा लगाउन मिल्ने खोप एक पटक लगाएपछि त्यसको ६ महिना पछि लगाइनेछ । सरकारले यो खोप निशुल्क वितरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *