October 24, 2017

प्रधानमन्त्रीले एनसेल कर छलीबारे जवाफ दिने

काठमाण्डौ,२२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने भएका छन् ।

सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।

समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्बजनिक लेखा समितिमा जवाफ दिनेछन । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।