August 19, 2017

९३ हजार ६ सय अमेरिकी डलरसहित पाइलट पक्राउ

काठमाण्डौ,२९ चैत्र । त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल वायुसेवा निगमका पाइलट सुर्वण अवाले पक्राउ परेका छन् ।

उनको ह्यान्डक्यारीबाट उक्त परिमाणको विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । आइतबार राति नेपाल एयरलाइन्सको उडान नम्बर २२९ को सवमान लिएर काठमाण्डौबाट दुबई जाने क्रममा अवाले पक्राउ परेका हुन उनलाई राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद मागेर अनुसन्धान अगाडि बढाएको छ ।

विदेशी विनिमय नियमित गर्ने ऐन अन्तर्गत एक करोड नेपाली रुपैयाँ बराबरभन्दा माथिको मुद्दामा अधिकतम तीन बर्षसम्म कैद ,बिगो जफत र बिगोको तेब्बर जरिबानको व्यवस्था छ । अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाइएको थियो । यो खबर आजको हिमालय टाइम्स दैनिकमा छ ।