May 23, 2017

७३ वर्षकी मोडलले गरिन् अण्डरवेयरको विज्ञापन

काठमाण्डौ, ८ वैशाख । प्रसिद्ध ‘केल्भिन क्लेन’ ब्रान्डको अन्डरवेयरको विज्ञापनमा ७३ वर्षीया मोडल लरेन हटनको उपस्थितिले फेसन जगतमा उमेरको सीमालाई तोडिदिएको छ ।

एक मिनेट लामो विज्ञापनको प्रोमोमा अमेरिकी स्टार भित्री पहिरनको मोडलिङ गर्दैछिन् । यद्दपि ‘वोग’ पत्रिकाले भने यो विज्ञापनलाई लिएर तारिफ गरेको छ । उक्त पत्रिकाका निर्देशक सोफिया कोपोलाले भित्री पहिरनको मोडलिङको लागि उमेरको कुनै सीमा नभएको बताइन् ।

यो भन्दा अघि ‘केल्भिन क्लेन’ ले यही वर्षको सुरुवातमा ओस्कार विजेता फिल्म ‘मुनलाइट’ का पुरुष स्टारबाट विज्ञापन गरेको थियो ।