July 26, 2017

५१ हजार सर्प समातिसकेकी महिला

काठमाण्डौ, २५ फाल्गुन । आज अन्तर्राष्ट्रिय महिला दिवस हो । यस अवसरमा हामी तपाईलाई एउटा यस्ती महिलाको बारेमा बताउन जाँदैछौं, जसले विषालु सर्पलाई आफ्नो साथी मान्छिन् ।

महाराष्ट्रको बुलढाणामा रहने यी महिलाले अहिलेसम्म ५१ हजार विषालु सर्प समातिसकेकी छिन् । यसकारण पनि यी महिलालाई ‘स्नेक दिदी’ को नामले चिनिन्छ ।

१. १२ वर्षको उमेर देखि सर्प समात्न थालेकी महिलाको नाम वनिता बोरहाडे हो ।
२. ५१ हजारभन्दा बढि सर्प समात्ने क्रममा आजसम्म एउटा सर्पले पनि डसेको छैन र घायल पनि बनाएको छैन ।
३. ठूला ठूला र खतरनाक सर्प पनि वनितालार्ई आफ्नो साथी मानेर उनकै छेउमा आउने गर्दछन् ।
४. कयौं हजार सर्प समात्ने यी महिलालाई महाराष्ट्रमा सर्पको सबैभन्दा नजिकको मित्रको रुपमा पनि चिनिन्छ ।