August 17, 2017

४० लाख अमेरिकी डलर मुल्यको सुनको सिक्का चोरी

जर्मनी, १५ चैत्र । जर्मनीको एक सङ्ग्राहलयमा रहेकाे ४० लाख अमेरिकी डलर मुल्यको सुनको सिक्का चोरी भएको छ ।

बेलायतकी महारानी एलिजावेथको चित्र अंकित ‘विग मेफल लिफ’ नाम दिइएको सिक्का २४ क्यारेट सुनबाट बनेको एक सय किलोग्रामको थियो । बर्लिनमा रहेको बोडे सङ्ग्राहलयबाट रातको समयमा सो सिक्का चोरी भएको हो ।

झण्डै आधा मिटर लामो सुनको सिक्कालाई चोरले कसरी लगे भन्ने पत्ता लाग्न सकेको छैन । क्यानेडियन कालिगढले सन् २००७ मा सो सिक्का कुँदेका थिए ।

५ लाख ४० हजार सामान रहेको सङ्ग्राहलयबाट सो सिक्काबाहेक कुनै पनि सामान चोरी नभएको स्थानीय प्रहरीले जनाएको छ ।