October 19, 2017

३७ लाख मतदाताको तथ्याङ्क भएको २ ल्यापटप चोरी

काठमाण्डौ, १५ चैत्र । हङकङको निर्वाचन कार्यालयले ३७ लाख मतदाताको तथ्याङ्क भएको २ वटा ल्यापटप चोरी भएको जनाएको छ ।

चोरिएका ल्यापटपमा ३७ लाख मतदाताको नाम दर्ता गरिएको थियो । उक्त ल्यापटपको चोरीसँगै निर्वाचन कार्यालयले दर्ता गरिएको तथ्याङ्क गुम्न सक्ने आशंका व्यक्त गरेको छ ।

बन्द गरिएको कोठाबाट नै ती ल्यापटपहरु चोरी भएको थियो । जुन, हङकङ प्रमुख कार्यकारीको चुनावका लागि तथ्याङ्क राख्ने जगेडा स्थल थियो ।

उक्त ल्यापटमा मतदाताको परिचयपत्र नम्बर, ठेगाना र फोन नम्बरको पनि तथ्याङ्क रहेको निर्वाचन कार्यालयले बताएको छ ।