Breaking News

३३ किलो सुन काण्ड: फरार भनिएका एसएसपी श्याम खत्री विदेशमा

काठमाडौं १३ जेठ ।  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार सूचीमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निष्कर्ष छ ।

उच्चस्तरीय छानविन समितिले पक्राउ गर्न खोजेपछि कार्य विभागमा कार्यरत खत्री त्यसअघि नै करिब २५ दिनको बिदा स्वीकृत गरेर बसेका थिए ।

समितिले पक्राउ गर्न खोजेपछि उनी फरार भए । उनी हालसम्म कहाँ छन् भन्ने कसैलाई जानकारी नभए पनि प्रहरीले भने देश बाहिर रहेको आशंकामा डिफ्युजन नोटिस जारी गर्न लागेको छ । यो खबर नागरिक दैनिकमा छ।

shares