October 19, 2017

२.१ करोडको घडी लगाउँछन् इमरान, अरुले कतिको लगाउँछन् त ?

काठमाण्डौ, ११ चैत्र । बलिउड अभिनेता इमरान हाशमी २४ मार्चमा ३८ वर्षको हुँदैछन् । उनी आफ्नो बोल्ड इमेजका कारण बलिउडमा सिरियल किसरका नामले चिनिन्छन् ।

अभिनेताका सथै उनी लेखक पनि हुन् । इमरानका बारेमा के भनिन्छ भने, उनी अलि बढी नै मात्रामा आकर्षक देखाउन चाहन्छन् । खाशमा उनलाई घडीको एकदम शौख छ रे ।

पछिल्लो समय उनले २.१ करोड भा.रु तिरेर ‘एडिशन अडरमार्श पीगे’ को घडी किनेका छन् । इमरानका छनोटमा रोलेक्स, ओमेगा, राडो, कार्टियार, ब्रागेजस्ता ब्रान्डका घडी मन पर्छन् ।

बलिउडका अरु अभिनेताहरु पनि छन् जसलाई घडी लगाउनु शोखको कुरा हुन्छ । क–कसले कुन ब्रान्डका र कति मूल्यका घडी लगाउँछन् त–

शाहरुख खान ‘ट्याग हियौर ग्राण्ड क्यारेरा क्यालिब्री १७’ मोडलको घडी लगाउँछन् । उक्त घडीको मूल्य भा.रु ६ लाख हो ।

सैफ अलि खानले ‘द जेगर लिकोल्ट्री रिभर्जाे ग्राण्डी टैली’ मोडलको घडी लगाउँछन् । उक्त घडीको मूल्य बजारमा ३ देखि ५ लाख भा.रु. सम्म पर्दछ ।

अभिताभ बच्चन पनि घडीको मामलामा शैखिन नै छन् । उनी ‘लङ्गिीज’ ब्रान्डको घडी लगाउन रुचाउँछन् र त्यो घडीको मूल्य भा.रु २ लाख छ ।

रणवीर कपूर ‘ज्याक हुयर क्यारेरा क्यालिब्री १८८७’ मोडलको घडी आफूलाई मनपर्ने रुचाउँछन् । त्यस घडीको मूल्य भा.रु. ४ देखि ५ लाखसम्म पर्छ ।

ऋतिक रोशन पनि फेसनको मामलामा सजग नै छन् । उनले लगाउने घडी ‘राडो हाइपर क्रोम अटोमेटिक क्रोनोग्राफ’ मोडलको हो । यसको मूल्य २ देखि ३ भा.रु. पर्दछ ।

अभिषेक बच्चन अर्थात् अभिताभका छोराले लगाउने घडी ‘द सीमास्टर ३०० ओमेगा मास्टर को–एक्जियल ४१ एमएम’ ब्रान्डको हो । यसको मूल्य भा.रु. ७.३६ लाख पर्दछ ।