July 24, 2017

२ सय ४७ गाउँपालिका / नगरपालिकाको परिणाम अाइसक्दा एमाले नै अघि

काठमाण्डौ, ५ जेठ । पहिलो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको मतगणना कार्य तीव्र पारिएसँगै नतिजाहरु आउने क्रम पनि जारी छ ।

२ सय ८३ मध्ये अहिलेसम्म २ सय ४७ गाउँपालिका / नगरपालिकाको परिणाम आइसकेको छ । यसमध्ये १ सय १ स्थानमा एमालले जीत हासिल गरेको छ । यस्तै कांग्रेस ९५ र माओवादी केन्द ४५ स्थानमा प्रमुख तथा अध्यक्ष चुनिएका छन् । यस्तै राप्रपा १, राष्ट्रिय जनमोर्चा १ र नयाँशक्ति १ स्थानमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ३ स्थानमा जीत हासिल गरेका छन् ।

जारी मतगणनामा १४ स्थानमा एमालेका उम्मेदवार अग्रस्थानमा छन् । यस्तै १३ स्थानमा कांग्रेस, ३ स्थानमा माओवादी केन्द्र अगाडि रहेका छन् ।