Breaking News

२८ दलले पाए चुनाव चिन्ह

काठमाण्डौ, २४ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा भाग लिने २८ दलको चुनाव चिन्ह सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले बुधबार संसदमा प्रतिनिधित्व गर्ने २८ दलको चुनाव चिन्ह सार्वजनिक गरेको हो । संसद बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिन्ह लिनुपर्नेछ ।

सार्वजनिक गरिएको निर्वाचन चिन्हमा नेपाली कांग्रेसको रुख, नेकपा एमालेको सूर्य, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई रहेको छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालको हातले समातेको मशाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको नमस्कार गरेको हात, तराईं मधेश लोकतान्त्रिक पार्टीको जोडा गोरु, सद्भावना पार्टीको तीर छन्

चुवान  चिन्ह  थाहा पाउन तलको  लिङ्कमा क्लिक गर्नुहोस

http://www.election.gov.np/ecn/uploads/userfiles/representingpartieslocalelections2074.pdf

 

shares