August 16, 2017

२७ चैत्र देखि नेपाली कांग्रेसले देशव्यापी चुनावी अभियान थाल्ने

 

काठमाडौ २१ चैत्र  । नेपाली कांग्रेसले चैत्र २७ गते देखि चुनावी अभियान थाल्ने बताएको छ ।

सोमबार केन्द्रिय निर्वाचन परिचालन समितिका सँयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सात प्रदेशमा मुख्य चुनावी सभा गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर ७ को कैलालीमा २७ चैत्रमा पहिलो सभा गरेर अभियानको थालनी गरिनेछ । त्यसपछि २८ चैत्रमा प्रदेश नम्बर ५ को तुलसीपुरमा  र २९ गते रुपन्देहीमा सभा आयोजना गरिनेछ भने प्रदेश नम्बर ४ को सभा पोखरामा २० गते हुनेछ ।

प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ ।

कांग्रेसले स्थानिय चुनावमा आर्थिक स्रोत परिचालन, प्रचार-प्रसार समन्वय, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा सचेतना समन्वय, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय गर्न विभिन्न समितिहरु पनि बनाएको छ ।