August 22, 2017

२७ औं वार्षिकोत्सवको अवसरमा नागरिक लगानी कोषको प्रभातफेरी

काठमाण्डौ २८ फाल्गुन । नागरिक लगानी कोषले २७ औं बार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम गरेको छ ।
कोषको कार्यलयबाट सुरु भएको प्रभात फेरी माइतीघर मण्डला हुदै कोष परिषरमा आएर समापन भएको थियो ।
बार्षिकोत्सवका अवसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोष स्थापित संस्थाको रुपमा अघि बढिरहेको बताए ।
उनले कोषले आवास, सरल , र शैक्षिक कर्जाको नयाँ अबधारण ल्याइसकेको जानकारी दिए ।
त्यसैगरी कोष सचालक समितिका अध्यक्ष महाश्रम शर्माले सबै कर्मचारीको सहयोग र सदभावको कारण कोष अहिलेको अवस्थामा आइपुगेको बताए । कार्यक्रममा कोष ब्यवस्थापन समुहले लेखापरिक्षण कार्य र ५ बर्षे रणनीतिक योजनाले आत्मसाथ गरेको लक्ष्य निर्धारित समयमै हासिल गर्ने प्रतिवद्वता ब्यक्त गरेको जानकारी गराइएको थियो ।