June 27, 2017

२६ वर्ष अघिका फरार अभियुक्त पक्राउ

काठमाण्डौ, १ चैत्र । २६ बर्ष अघि जीउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतबाट फरार फुर्पा लामा (तामाङ) पक्राउ परेका छन् ।

नुवाकोट घ्याङफेदी गा.वि.स. वडा नं. ६ घर भई हाल काठमाण्डौं का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ४९ का फुर्पा तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मिति २०७३–१२–०१ गते काठमाण्डौको बौद्धबाट पक्राउ गरेको हो ।

फरार रहेका तामाङले नुवाकोट जिल्ला घ्याङफेदी गा.वि.स. वडा नं. ६ बस्ने बर्ष १३ र १४ की दुईजना बालिकालाई ललाई फकाई भारतको बम्बैमा लगी बिक्री गर्ने मनसायले काठमाण्डौं कालिमाटीबाट वीरगंजतर्फ लैजाने क्रममा ट्रकमा चढाउन लाग्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाईएको छ ।