October 23, 2017

२३ प्रतिशत वासिन्दालाई तुरुन्त राजधानी छोड्न किम जोङ उनको आदेश

काठमाण्डौ, १ वैशाख । पछिल्लो समय परमाणु परीक्षण गरेर चर्चामा आएको उत्तर कोरियाले सीमित जनसंख्यालाई राजधानी प्योङयाङ छोड्न आदेश दिएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले २३ प्रतिशत वासिन्दालाई तुरुन्त राजधानी खाली गर्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानीलाई शुद्ध गर्न र केवल उच्च वर्गलाई मात्र त्यहाँ रहने अधिकार दिनका लागि यो कदम उठाइएको रिपोर्टमा बताइएको छ ।

जसका आफन्तहरु दक्षिणी कोरियामा छन् र जो लागूऔषधको सेवन गर्छन् त्यस्ता जनसंख्यालाई तुरुन्त शहर छोड्न आदेश दिइएको हो ।