October 23, 2017

२२७ नेपाली कामदार विदेशी जेलमा, ९ लाई मृत्युदण्डको फैसला

काठमाण्डौ, १४ चैत्र । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारिमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ वैदेशिक रोजगारीमा गएकामध्ये दुईसय २७ जना नेपाली विभिन्न मूलुकको जेलमा रहेका छन ।

हत्या, बलात्कर,लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनिहरु जेलजिवन बिताइरहेका छन । केहीलाई मृत्य दण्डको तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । त्यस्ता अभियोगमा नेपालीहरू पक्राउ पर्ने र छुट्नेक्रम हरेक दिन सयौँको संख्यामा रहेकाले पनि तथ्यांक राख्न आवश्यक नरहेको कन्सुलर सेवा विभागले जनाएको छ । यो खबर आजको नयाँ पत्रिका मा छ ।