August 23, 2017

२० करोड मूल्य बराबरको बुद्धको मुर्तिसहित ४ पक्राउ

पाण्डव शर्मा/ काठमाण्डौ, २७ चैत्र । जिल्ला प्रहरी कार्यालय दाङले २० करोड बढी मूल्यको बुद्वको मुर्ति सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तुलसीपुर उप महानगरपालिका ३ हर्नेटीबाट ९ किलो २ सय ग्राम तौलको बुद्धको मुर्ति सहित सल्यानको कपुरकोट गाउँपालिका ५ का खड्ग के.सी, खेमलाल केसी, सिनबाङ ४ बस्ने छबिलाल भण्डारी र रोल्पा गैरीगाउँका तुल बहादुर बुढालाई प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले बहुमूल्य मुर्तीको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा विशेष टोली हर्नेटी पुगेर मुर्ति सहित ४ जनालाई पक्राउ गर्न सफल भएको बताए ।

उनीहरुको साथबाट दुई थान खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।