September 25, 2017

२०१८ काे विश्वकपमा यूरोपबाट सहभागि हुने बेल्जियम पहिलो राष्ट्र

काठमाण्डौ १९ भदाै । सन् २ हजार १८ को विश्वकप फुटबलमा युरोपबाट सहभागी हुने बेल्जियम पहिलो राष्ट्र भएको छ ।

गएराति युरोपियन छनौट अन्तर्गत ग्रीसलाई पराजित गर्दै बेल्जियम २०१८ को विश्वकप फुटबलमा पुग्ने पहिलो युरोपेली राष्ट्र बनेको हो । युरोपियन छनौट अन्तर्गत समूह एच को खेलमा बेल्जियमले ग्रीसमाथि दुई–एक गोल अन्तरको जित निकालेको हो ।

निकै प्रतिस्पर्धा रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७०औं मिनेटमा जेन भरटोङ्गहेनको गोलमार्फत बेल्जियमले अग्रता लियो ।

बेल्जियमले अग्रता लिएको तीन मिनेट नटिक्दै ७३औं मिनेटमा ग्रीसका गोन्काल्भेस रोड्रीगुएजले गोल गर्दै खेल एक–एकको बराबरी गरे । खेल बराबरी भएको एक मिनेट अर्थात ७४औं मिनेटमै रोमेलु लुकाकुले अर्को गोल थप्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि दुबैतर्फबाट गोल नहुंदा बेल्जियम दुई–एकले विजयी बन्दै विश्वकपको यात्रा तय गर्यो