August 17, 2017

२००७ सालको क्रान्ति र २०१७ सालको कु उपन्यास सार्वजनिक

काठमाण्डौ, २१ चैत्र । प्रा. खगेन्द्र केसीको उपन्यास ‘२००७ सालको क्रान्ति र २०१७ सालको कु’ सार्वजनिक भएको छ ।

सोमबार नेपाल प्रज्ञान प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकमाथि उप्रेतीसहित प्रा. अभि सुवेदी, प्रा.डा. खेम कोइराला लगायतले टिप्पणी गरेका थिए । उप्रेतीले नेपालको इतिहासको महत्वपूर्ण कालखण्डका विवरणलाई बाहिर ल्याएको उल्लेख गरेको बताए । सुवेदीले इतिहासका कतिपय थाहा नपाएका विषयलाई लेखकले उधिनेको बताए ।

कोइरालाले भने नेपालको इतिहासका १५० वर्षलाई अध्ययन गर्ने अध्येताका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।