July 24, 2017

१ सय ५ क्याम्पसमा जितेको नेविसंघको दाबी

काठमाण्डौ, १९ फाल्गुन । नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघले स्ववियू निर्वाचनमा  १ सय ५ क्याम्पसमा जित हासिल गरेको दाबी गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे नेविसंघले अन्य संगठनले प्रचार गरेजस्तो जीत हासिल नगरेको भन्दै आफ्नो संगठनले मुलुकभरका एकसय ५ क्याम्पसमा बिजयी हासिल गरेको दाबी गरेको हो ।

त्यस्तै निर्वाचन भएका मध्ये ४२ क्याम्पसमा सचिव सहित प्यानलै बिजयी भएको नेविसंघले जनाएको छ । नेविसंघले स्ववियु निर्वाचनमा संगठनको आधिकारीक उम्मेद्वारका बिरुद्ध बागी उठ्ने र त्यसमा सहयोगी भूमिका निर्वाह गर्ने उपर अनुशासन समितिमार्फत दुई वर्षको कारवाही गरिएको जनाएको छ ।

नेविसंघले निर्वाचनको माग गर्दे विभिन्न क्याम्पसमा रिले अनसन बसिरहेको भन्दै अबरुद्ध भएका स्थानमा छिटो भन्दा छिटो निर्वाचन गराउन माग गरेको छ ।