१ सयौं टेस्टमा बंगलादेश विजयी

काठमाण्डौ, ६ चैत्र । बंगलादेशले आफ्नो १०० औं टेस्ट अन्तर्गत श्रीलंका विरुद्धको दाेस्राे टेस्टमा ४ विकेटको जीत निकालेको छ ।

यो जीतसँगै बंगलादेशले खेलेका १०० टेस्टमध्ये जम्मा जीत संख्या ९ पुर्‍याएको छ । कोलम्बोमा भएको दोस्रो टेस्टमा यो उपलब्धि हासिल गरेको हो ।

ओपनर तामिम इकबलको ८२ रनको मद्दतमा १ सय ९१ रनको लक्ष्य बंगलादेशले अन्तिम दिनमा सफलताका साथ भेटाएको हो ।

यो सँगै १ सयौं टेस्ट जीत्नेमा अष्ट्रेलिया, पाकिस्तान र वेष्ट इन्डिजसँगै बंगलादेश पनि मिसिएको छ ।

अलराउण्ड प्रदर्शनका लागि साकिब अल हसन म्यन अफ द म्याच भए । यो जीतसँगै श्रृङ्खलामा १–१ को अग्रता भएको छ ।