August 21, 2017

१९ औं राष्ट्रिय पुरुष कराते र १२ औं राष्ट्रिय महिला कन्ट्याक्ट कराते मंगलबारबाट

काठमाण्डौ, २८ चैत्र । नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) मंगलबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु हुने भएको छ ।

आईकेओबीको आयोजनामा हुन गईरहेको १९ औं राष्ट्रिय पुरुष तथा १२ औं राष्ट्रिय महिला फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पुरुष तर्फ खुला तौल समूह र महिला तर्फ ४० केजी तौलसमूह प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले बताएका छन् ।

पुरुष तर्फ शीर्ष चार स्थान हात पार्नेलाई क्रमशः ३० हजार, १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार पर्दान गरिने छ भने महिलामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय, तेश्रोले १ हजार ५ सय र चौथोले ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

त्यस्तै कातामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रोले १ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।