October 18, 2017

१८ वर्षपछि फरार अभियुक्त पक्राउ

काठमाण्डौ,२४ चैत्र । प्रहरीको पक्राउ सुचिमा रहेका एक फरार अपराधि १८ बर्षपछि काठमाण्डौमा पक्राउ परेका छन् ।
महिला बेचबिखन मुद्धा लागेका फरार अपराधिलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो महाराजंग काठमाण्डौको टोलिले सामाखुशीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला समुन्द्रदेवी गा.वि.स.८ बस्ने ४४ बर्षिय विजय लामा भन्ने विजय कुमार तामाङ्ग रहेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तामाङ्गले २०५५ साल कार्तिकमा एक महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाण्डौको बालाजुमा बिक्रि गर्ने बहाना बनाई कपडा खरिद गर्न भनी भारतको मुम्बई स्थित वेश्यालयमा लगी २० हजार रुपैयामा बिक्रि गरेको र पीडित महिलाले वेशयावृतिका लागि आफुलाई बिक्रि गरेको थाहा पाएपछि उक्त वेश्यालयबाट भागी नेपाल प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पीडित महिलाले काठमाण्डौ जिल्ला अदालतमा २०५५ सालमा वादी नेपाल सरकार र प्रतिवादी विजय लामा भन्ने विजयकुमार तामाङ्ग माथि जिउ मास्ने र बेच्ने मुद्धा दर्ता गरेकी थिइन । सो मुद्धामा अदालतले २०५८ साल माघ ९ गतेको फैसला अनुसार १० बर्ष कैदको सजाए सुनाएका थिए ।

अदालतले सजाय सुनाएदेखि तामाङ्ग फरार भएका थिए । पक्राउ परेका तामाङ्गलाई फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालको आदेशमा कैद भुक्तानका लागि केन्द्रिय कारागार सुन्धारामा पठाइएको केन्द्रिय अनुसन्धान ब्यूरो काठमाण्डौले जनाएको छ ।