July 24, 2017

१४ धार्मिक स्थलहरुको भ्रमण सकेर ४० हजार श्रदालु जनकपुर आइपुगे

अतिश कुमार मिश्र
जनकपुरधाम, फागुन २८ । १५ दिने मिथिला मध्यमा परिक्रममा सहभागि भएका श्रद्धालुहरु जनकपुर आसपासका १४ वटा धार्मिक स्थलहरुको भ्रमण सकेर आज जनकपुर आइ पुगेका छन ।
गत फागुन १४ गते जनकपुरको हनुमान नगरवाट शुरु भएको परिक्रममा भारतको कल्याणेश्वर स्थान, गिरिजास्थान, नेपालको मटिहानी, जलेश्वर नाथ, मडै, ध्रुवकुण्ड, कंचनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, भारतको करुणा र विसौल हुँदै आज जनकपुर आइपुगेका हुन ।
आज राति जनकपुरमा विश्राम गरि भोलीविहानै जनकपुर नगरक्षेत्रकोपरिक्रमा गरेपछि मिथिला मध्यमापरिक्रमा सम्पन्न हुनेपरम्परा रहेको छ ।
मिथिला मध्यमा परिक्रममा करिब ४० हजार श्रद्धालुहरु सहभागी रहेको अनुमान गरिएको छ । भोली अन्तरगृह परिक्रममा मिथिला मध्यमापरिक्रमाका ४० हजार श्रद्धालुकासाथै करिब २ लाख श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ ।
गएराति भएको वर्षाले परिक्रममाका सहभागीहरुलाई केही असजिलो भएको थियो ।