August 20, 2017

१४ देशका लागि राजदूतको सिफारिस

काठमाण्डौ, ९ फाल्गुन । सोमबार बसेको मन्त्रिपरिषदको दोस्रो बैठकले बिभिन्न १४ देशका लागि राजदूतको सिफारिस गरेको छ ।
सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुले आपसी भागबण्डा गरेर राजदूत सिफारिस गरेका हुन । भागबण्डमा माओवादीका ४, काँग्रेसका ६, राप्रपाको ३ र फोरम लोकतान्त्रिकको १ रहेका छन् ।
माओवादीको तर्फबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन ।
त्यस्तै फोरम लोकतान्त्रिबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन ।
कांग्रेसबाट तर्फबाट सिफरिस हुने राजदूतमा अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।
राप्रपाको तर्फबाट प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका छन् ।