October 22, 2017

१२ जना सुन तस्करको नाम सार्वजनिक

काठमाण्डौं २३ फाल्गुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सुन तस्करमा संलग्न १२ जनाको नाम सार्वजनिक गरेको छ ।

गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको थियो । 

व्युरोले उनीसहित १२ जनाको नाम सार्वजनिक गरेको छ । तस्करीमा संलग्न भएकाहरुमा गोपालबहादुर शाही, रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ छन् । व्युरो प्रमुख डिआइजी नवराज सिलवालले पहिलो चरणको अनुसन्धान सुरु भएको बताए ।

तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँका प्रहरीसंग समन्वय गरी पक्राउको प्रयास भइरहेको  सिलवालकाे भनाई छ