August 23, 2017

१० लाख भन्दा बढिको कारोबार नगदमा गर्न नपाइने

काठमाण्डौ,१० वैशाख । आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर चिन्तामणि शिवाकोटीले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने भएको कुरा बताएका हुन ।

बागलुङ प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंककाे पोखरा शाखा उद्घघाटन गर्दै शिवाकोटीले ठूलो रकम लिएर हिँड्दा बढी जोखिम हुने भएकाले त्यसलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले हाल अधिकतम ३० लाखसम्म नगद कारोबार गर्न पाइने व्यवस्थालाई परिवर्तन गरी १० लाखमा झार्ने निर्णय भएको बताए ।यो खबर आजको आजको राजधानीमा दैनिकमा छ ।