June 28, 2017

१० औं सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु


सुरेश भट्ट

कञ्चनपुर ६ फाल्गुन । कञ्चनपुर जिल्लाको खुल्लामञ्चमा १० औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु भएको छ ।


कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार देखी सुरु भएको मेला फागुन १५ गते सम्म चल्ने भएको छ ।
महोत्सवको उद्घाटनको अवसरमा सुदुरपश्चिम को लोक संस्कृती , देउडा, छलीया, नृत्य तथा कैलाली र कञ्चनपुरमा मात्र रहेका राना समुदायको संस्कृतीको प्रदर्शन गरिएको थियो ।


महोत्सवमा बिभिन्न कृषीयन्त्रहरुको प्रदर्शनी,स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, घरेलु बस्तुहरुको ब्यापार प्रबर्धन, स्वदेशी गार्मेन्टहरुको बजार प्रबर्धन गर्ने उदेश्य रहेको कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताउनु भएको छ । महोत्सबमा ५ करोड भन्दा बढी को कारोबार हुने अपेक्षा राखिएको छ ।