October 22, 2017

हैदराबादद्वारा बैंगलोर पराजित

काठमाण्डौ,२४ चैत्र । आईपीएल २०१७ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइज हैदराबाद ले बुधवार आईपिएलमा रोयल च्यालेन्जस बैंगलोरलाई ३५ रन ले पराजित गरेको छ ।

युवराज सिंह र माइसेस हेनरिक्यूज को साझेदारिमा हैदराबादले २० ओभरमा ४ विकेट गुमाउदैं २०७ रनको चुनौती दिएको थियो । जवाफि ब्याटिङ गरेको बैंगलोरले १९ ओभरमा १७२ रन बनाउदैं अल आउट भयो । खेलको म्यान अफ द म्याच  भने  युवराज सिंह भए ।