हेलिकप्टरबाट सुत्केरीको उद्दार

कालीवहादुर मल्ल / कालिकोट २६ मंसिर । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

मंगलबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलीले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो ।’ उनले भने,‘रक्तश्राव अत्याधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको छ ।’

शाहीको अवस्था गम्भीर भएपनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलीले बताए ।