Breaking News

हिमालय टेलिभिजन र एमटीभी रोडीजको संयोजनमा पहिलो पटक हिमालय रोडिज अब नेपालमा

 

९ माघ, काठमाडौं ।  हिमालय टेलिभिजन र एमटीभी रोडीजको संयोजनमा पहिलो पटक हिमालय रोडिज सिजन वान सुरु हुने भएको छ ।

काठमाडौ एक कार्यक्रमको आयोजना गरी आज हिमालय रोडीज सिजन वानबारे जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा भैरहेको कार्यक्रम रोडिज नेपालमा पहिलो पटक सुरु हुन लागेको छ । हिमालय टेलिभिजन र एमटिभी रोडीजको संयोजनमा यसको सिजन वान पोखराबाट सुरु गरिनेछ । देशका मुख्य  पाँच शहरहरुमा हुने पहिलो प्रतियोगीता फागुन १८ गते पोखराबाट सुरु भैे बुटवल , चितवन , धरान हुदै चैतमा काठमाडौमा आएर टुंगिनेछ । हिमालय रोडिज शारीरीक रुपमा मात्र नभइ मानसिक, बौद्धिक र भौतिक हिसाबले पनि उत्कृष्ट हुने हिमालय रोडीजका कार्यक्रम संयोजक अमन प्रताप अधिकारीले जानकारी दिएका छन ।

रोडीजका बिजेतालाई २० लाख नगद र एउटा रोडिज बाइक प्रदान गरिनेछ । आजैबाट हिमालय टेलिभिजनले आफनो लोगो पनि परिवर्तन गरेको छ ।

shares