हिमालय एअरले सुरु गर्यो याङगुन, म्यानमार हवाई सेवा

काठमाण्डौ, १३ फाल्गुन । नेपाल-चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले शुक्रबार देखि याङगुन, म्यानमार सिधा हवाई सेवाशुरु गरेको छ ।

एअरलाईन्सले आफ्नो चौथो गन्तव्य याङगुनमा सुरु गरेको छ । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार १०:५५ मा उडेर याङगुन अन्र्तराष्ट्रिय विमानस्थल, याङगुनमा स्थानिय समय अनुसार १४:१५ मा अवतरण गरेको थियो ।

जसले यी दुई शहरहरु बीच मा पर्यटन, व्यापार र लगानीका अवसरप्रवद्र्घन हुने अपेक्षा गरिएको छ ।

हप्ताको दुई दिन सोमबार र शुक्रबार सञ्चालनहुने यो सेवा, हिमालय एअरलाईन्सले करिव दुई दशक भन्दा पछि पुनः सुरु गरेको छ ।

काठमाण्डौ स्थित म्यानमारका राजदूत ल्वीनआँले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य र हिमालय एअरलाईन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए ।

उक्तकम्पनीले काठमाण्डौ याङगुन-काठमाण्डौको लागि शुरुवाती टिकटदर २९,६०० (राउण्ड ट्रिप)कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन ।