October 24, 2017

हिमालय एअरलाईन्सले ल्यायो तेस्रो विमान ए ३२०

काठमाण्डौ, १८ चैत्र । नेपाल–चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफ्नो तेस्रो नयाँ विमान ए ३२० ल्याएको छ ।जहाज नेपाली समय अनुसार शुक्रबार बिहान १०ः४५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

जर्मनीको हैम्बर्गबाट उडान भरेको ९एन–एएलडब्लु रजिष्ट्रेशन नम्बरको विमानलाई त्रिभुुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ पानीको तोपको सलामीले भव्य स्वागत गरिएको थियो ।

एअरलाईन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले २०१७ हिमालय एअरलाईन्सको लागि उपलब्धिमूलक रहेको बताएका छन् ।

कुल १५८ सिट क्षमता रहेकोे ए ३२०–२१४ सिरिजको नयाँ विमान सानो आकारको विमान हो र यसलार्ई सिट संंरचनाको हिसाबले दुई वर्गमा विभाजन गरिएको छ । जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा सिट इकोनोमीक्लासको रहेको बताईएको छ ।

२०१७ मा हिमालय एअरलाईन्समा ल्याईएको यो दोस्रो जहाज हो । यो सँगै एअरलाईन्स सँग अव एयरबस ए ३२० सिरिजका तीनवटा जहाज भएका छन् ।