October 22, 2017

हिमालयकर्मी जीवन सुवेदी सम्मानित

पोखरा, २६ चैत्र । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिले हिमालयकर्मी जीवन सुवेदीलाई सम्मान गरेको छ ।

सडक यातायातसँग सम्बन्धित सूचना एवं सचेतनामूलक समाचार सम्प्रेषण गरी आम उपभोक्ता, व्यवसायी, मजदुर लगायत जनमानसमा सचेतना फैलाएको भन्दै नगद रु ५ हजार सहित दोसल्ला र सम्मानपत्रले सुवेदीलाई सम्मान गरिएको हो ।

सुवेदीलाई कास्कीको धम्पुसमा आयोजित समितिको नवाैँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको अवसर पारी सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं अटोवेज प्रालि पोखराका अध्यक्ष नारायणप्रसाद पौडेल, पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, समितिका अध्यक्ष बसन्त प्रधान, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी लगायतले सुवेदीलाई सम्मान गरेका थिए ।

पत्रकार सुवेदी विगत ११ वर्षदेखि पोखरामा रही व्यवसायिक पत्रकारिता गर्दै आइरहेका छन् । उनी हाल हिमालय टेलिभिजनको पोखरा ब्यूरो प्रमुख र पोखरास्थित एन्जल्स रेडियो ९४.६ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत छन् ।