हिमाञ्चल प्रदेशको टोन्स नदीमा बस खस्दा ४४ को मृत्यु

काठमाण्डौ, ६ वैशाख । बुधबार हिमाञ्चाल प्रदेशको शिमला राज्यमा यात्रुहरुले भरिएको बस टोन्स नदीमा खस्दा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

५० जना यात्रुले भरिएकाे बस उत्तराखण्डको त्युनिबाट विकासनगर तर्फ जाँदै थियो । केही मानिसहरु गम्भिर घाइते भएको हुनाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

यद्दपि पुलिस समयमा नै पुगेर बचाउने र राहत दिने काम सुरु गरिसकेको छ ।