हिन्दी गाना ‘धीरे धीरे से’  यूट्यूबमा २० करोड पटक हेरिएको पहिलो गाना बन्यो

काठमाण्डौ, ४ फाल्गुन । र्यापर हनी सिँहद्वारा रचित गानाको भिडियो ‘धीरे धीरे से’  यूट्युवमा सर्वाधिक २० करोड पटक हेरिएको छ ।

बलिउड स्टार ऋतिक रोशन र अभिनेत्री सोनम कपूरले यस भिडियोमा अभिनय गरेका छन ।

यो गाना सन १९९० मा रिलिज भएको राहुल रोय र अनु अग्रवाल अभिनित चलचित्र आशिकी को गाना   ‘धीरे धीरे से’ को पुन:सँस्करण हो ।