August 22, 2017

हिजाब लगाउने कर्मचारीलाई कम्पनीले प्रतिबन्ध गर्नसक्ने

काठमाण्डौ, १ चैत्र । यूरापिया कोर्ट अफ जस्टिसले हिजाब लगाएर आउने कर्मचारीहरुलाई यूरोपियन कम्पनीहरुले प्रतिबन्ध लगाउन सक्ने फैसला दिएको छ ।

यस फैसलामा भनिएको छ कि, कुनै राजनीतिक, दार्शनिक र धार्मिक संकेत दर्शाउने पहिरनलाई प्रतिबन्ध लगाउने कि नलगाउने कम्पनीको नियममा भर पर्छ ।

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई एउटै पहिरनमा देख्न चाहन्छ र कोर्टका अनुसार कुनै ग्राहकको इच्छामा कम्पनीले यस्तो फैसला गर्न नसक्ने बताएको छ ।

बेल्जियमको कम्पनी जी फोर एस ले एक रिसेप्सनिष्टलाई हिजाब लगाएकै कारण जागिरबाट निकालेपछि यूरोपिया कोर्ट अफ जस्टिसले यो फैसला दिएको हो ।