October 19, 2017

‘हाल्फ गर्लफ्रेन्ड’ को ट्रेलर मार्चमा

काठमाण्डौ, १ चैत्र । भारतीय सुप्रसिद्ध लेखक चेतन भगतले ‘हाल्फ गर्लफ्रेन्ड’ को गीत र ट्रेलर मार्चको अन्तिमसम्म आइसक्ने जनाएका छन् ।

यो फिल्म चेतन भगतकै उपन्यास ‘हाल्फ गर्लफ्रेन्ड’ मा आधारित छ ।

‘हाल्फ गर्लफ्रेन्ड को पोस्टर, ट्रेलर र गीतहरु आउने मार्चको अन्तिमसम्म वा अप्रिलको सुरुमा नै आउनेछ ।’ भगतले ट्विट गर्दै बताए ।

मेहित सुरीले निर्देशन गर्ने र चेतन भगतले सह–निर्माण गर्ने यो फिल्ममा श्रद्धा कपूर र अर्जुन कपूरलाई देख्न सकिन्छ । यो फिल्म मे महिनाको १९ तारिखमा रिलिज हुन तय भएको छ ।