‘हाल्फ गर्लफ्रेन्ड’ को अफिसियल ट्रेलर रिलिज

काठमाण्डौ, २८ चैत्र । चेतन भगतद्वारा लेखिएकोे प्रसिद्ध उपन्यास ‘हाल्फ गर्लफ्रेन्ड’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।

रोमान्टिक नाटकमा आधारित फिल्ममा बिहारका माधव झाको प्रेमकथालाई चित्रण गरिएको छ, जसको भूमिका अर्जुन कपूरले गरेका छन् ।

मेहित सुरीले निर्देशन गर्ने र चेतन भगतले सह–निर्माण गर्ने यो फिल्ममा श्रद्धा कपूर र अर्जुन कपूरलाई जोडीका रुपमा देख्न सकिन्छ । यो फिल्म मे महिनाको १९ तारिखमा रिलिज हुन तय भएको छ ।