August 16, 2017

‘हाम्रो ज्यानको मूल्य भुजियाको पाकेट बराबर’

काठमाण्डौ, १७ चैत्र । आफ्नो ज्यान जोखिममा राखेर माओवादीसँग भिड्ने भारतीय सैनिकको ज्यानको मूल्य कति हुनसक्छ ?

भारतको छत्तीसगढ सरकारलाई यही प्रश्न सोधियो भने जवाफ ४० रुपैंया, ५० रुपैंया, ७५ वा अझ धेरै भए १ यस रुपैंयादेखि १ सय ५० रुपैंया हुन्छ । माओवादीसँग मुठभेड गर्ने बहादुर जवानलाई छत्तीसगढ सरकारले यति नै रकमको इनाम दिने गर्दछ ।

पुलिसका जवान रामसायले भने, ‘यो पछिल्लो सालको घटना हो । हामीले आफ्नो ज्यानको परवाह नगरी एक कारबाहीमा धेरै माओवादीलाई मार्‍यौं । त्यस दिन उक्त क्षेत्रका पुलिस अध्यक्षले सबै पुलिस टिमलाई इनाम दिने घोषणा गरे र यो खबरले हामी सबै खुशी थियौं ।’

यो खबरले घरपरिवारमा पनि खुशी छाएको जवान रामसायले बताए । उनलाई मुठभेडमा बहादुरीको साथ युद्ध लडेको भन्दै ४० रुपैंयाको इनाम दिइएको थियो ।

पछिल्लो २ वर्षको आँकडा हेर्दा १३ सय ६२ जवानलाई विभिन्न अवसरमा वीरताको लागि पुरस्कृत गरिएको छ । यो संख्या मध्ये करिब ७५ प्रतिशत जवानलाई १ सय वा त्यो भन्दा कम इनाम दिइएको छ ।

३ सय ४४ जवानलाई त केवल प्रशंसा पत्रको भरमा नै टारिएको छ । ९१ जवानलाई ४० रुपैंया र ३ सय २५ जवानलाई ५० रुपैंयाको इनाम दिइएको पाइयो ।

१ यस ९ जवान यस्ता थिए, जसलाई ७५ रुपैंयाको इनाम दिइएको थियो । यसैगरी १ सय रुपैंया पाउने भाग्यमानी जवानको संख्या २ सय ११ रहेको छ ।

यसका अलावा १ सय ९ जवानलाई पदोन्नति गरिएको छ भने ४ जनालाई वीरताको कदर गर्दै पदक पनि दिइएको छ ।